Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले सरकारसँग माग्यो लगभग ११ अर्ब बजेट

काठमाडौं । निर्वाचन आयोगले आसन्न आम निर्वाचनका लागि सरकारसँग लगभग ११ अर्ब बजेट माग गरेको छ ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पौडेलका अनुसारका अनुसार बजेटका लागि हिजो शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।

आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077