Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राईको हत्यामा संलग्न तीन जना पक्राउ

काठमाडौं । प्रहरीले एक युवकको हत्‍या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

द्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल बस्ने २६ वर्षीय मनोज राईको हत्यामा संलग्न तीनजनालाई गएराति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् ।

अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या गरेका थिए । शनिबार राति ९:३० बजे भएको सो घटनामा प्रहरीले सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077