Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बझाङमा चरेस नियन्त्रण गर्न प्रहरीले गाजा खेती नष्ट गर्दै

    बझाङमा चरेस नियन्त्रण गर्न प्रहरीले गाजा खेती नष्ट गर्दै

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लाका विभिन्न ठाँउमा चरेस र भाङ उत्पादनका लागि लगाएको गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेकाे छ । गाजा खेतीबाट चरेस, गाजा, उत्पादन हुने भएका कारण खेतबारीमा लगाएको गाजा नष्ट गर्न सुरु गरिएको हो ।

    जिल्लाको, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्युँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकालगायतका स्थानीय तहमा लगाएको र आफै उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरिएको छ ।



    जिल्ला भरी करिब १० रोपनी जग्गामा उम्रिएका र लगाएका गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म लागू औषध चरेससहित १५ जना पुरुष ४ जना महिला गरी जम्मा १९ जना कारबाहीमा परेका छन् ।



    ४ जना पुरुष १ जना महिला ५ जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार