Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको आरोप : युक्रेनले सेनाको खानेकुरामा विषादी मिसायो

एजेन्सी । रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ ।

युक्रेनको गृह मन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्त भएको हुन सक्ने जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ ।

परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ ।

विषाक्त खानेकुराबाट कतिजना सेवा कर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन् । त्यस्तै, रुसी सेनाले आवश्यक प्रमाण पनि जुटाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077