Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सादगी जीवन बाँच्ने र पदको चाहना नगर्ने व्यक्ति गुमायौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशले प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमाएको बताएका छन् ।

समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका कोइरालाले बीपीले कल्पना गरेको समाजवादको व्याख्या गर्नसक्ने व्यक्ति गिरि मात्रै भएको बताए ।

उनले भने, ‘बीपीले कल्पना गरेको कुरालाई राम्रोसँग प्रदीप दाइले व्याख्या गर्नुहुन्थ्यो । प्रदीप दाइबाहेक मैले एउटा पनि व्यक्ति देखेको छैन ।’

अहिले कांग्रेस पार्टी पनि प्रजातान्त्रिक समाजवादको बाटोमा केही चुकेको उनले बताए । नेता गिरि जस्तो सादगी जीवन बाँच्ने र पदको चाहना नगर्ने व्यक्ति नेपाली राजनीतिमा विरलै पाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077