Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिउटी पोसाकमै असईले अश्लील नृत्य गरेपछि...

रौतहट । सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने प्रहरी नायव निरीक्षक (असई) कारबाहीमा परेका छन्। पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए।

धार्मिक मेलाको अवसरमा आयोजक समितिले अश्लील भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडियो भाइरल भएको छ।

अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।

असई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077