काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
संघीय संसद सचिवालयका अनुसार 'न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७र०७८’ पेस हुने कार्यसूची रहेको छ ।
‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।