तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताएका छन् ।
तनहुँको भानु नगरपालिका–३ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा बिजुली, पानी, मोटरबाटो पुगे पनि आम्दानी नपुगेकाले त्यसलाई पूरा गर्न आफू क्रियाशील रहेको उल्लेख गरेका हुन् ।
गाउँमा सबै सुविधा पुगे पनि रोजगारी र आम्दानी नपुगेकाले अबको ध्यान त्यसतर्फ केन्द्रित रहने उनको भनाइ थियो ।
देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, नेपालमै रोजगारीको सिर्जना गर्ने सपना पूरा गराएरै छाड्ने पौडेलले दाबी गरे ।
Leave a Reply