Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

रौतहट । रौतहटमा चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले गढीमाई नगरपालिका ९ बस्ने २२ वर्षीय होसनारायण यादवलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

जिल्लाको गरुडा नगरपालिका ४ पानी ट्याङ्की सडकमा यादवले चलाउँदै गरेको प्र-३–०२–१३ प-३०९९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आरोपी यादवमाथि चोरी कसुर अन्तर्गत मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थमाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077