Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एसमा उम्मेदवार छनोटको गृहकार्य शुरू

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले निर्धारित समयमा गरेको सिफारिसलाई सम्बन्धित जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने छ ।


पार्टीका महासचिव डा.बेदुराम भुसालका अनुसार ती सिफारिस भएका नामलाई प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको अन्तिम निर्णय गरिने छ ।


केन्द्रले उम्मेदवार छनोटका लागि औपचारिक तथा अनौपचारिक रूपमा प्रक्रिया शुरु गरिसकेको छ ।पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाइने छ ।


पार्टी संगठन निर्माणमा सक्रिय भूमिका खेलेका र योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको तथा सक्रिय र समावेशीताको सिद्धान्तअनुसार उम्मेदवार छनोट गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077