मोरङ । चोरी पैठारीको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।
बरामद लत्ताकपडा बिराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।
Leave a Reply