Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हनि ट्रयापिङमा संलग्न पाँच जनाको गिरोह प्रहरी फन्दामा

दाङ । प्रहरीले प्रेमको नाटक गरेर पुरुष व्यक्तिहरुलाई ‘हनी ट्य्राप’ मा पारेर रकम असुली गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले प्रेमको नाटक गरेर रकम असुली गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका ५ का दिलिप कुमार वली, घोराही उपमहानगरपालिका १० की पवित्रा डाँगी, सोही ठाँउकी ३२ वर्षिय बिमला डाँगी, २९ वर्षिय शान्ता नेपाली र २२ वर्षिय पर्मिला नेपाली रहेका छन् ।

उनिहरुले घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आएका दिनेश घर्ती मगरलाई माया प्रेमको नाटक गरी रकम असुली गरेका थिए ।

सर्मिलाले पीडित घर्तीलाई आफ्नो घरमा बोलाएर झुटा मुद्दा लगाएर फसाइदिने भन्दै डर धम्की देखाई नगद एक लाख, २/२ लाखका २ वटा चेक र एउटा चेक ७ लाख २० गरी १२ लाख २० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077