Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६९ लाख रूपैयाँसहित ३ जना हुन्डी कारोबारी पक्राउ

काठमाडौं । हुन्डी कारोबारीको आरोपमा तीनजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई घण्टाघर र कलंकीबाट ६९ लाख रूपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर-१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई-७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशलकुमार शाह र धनुषाको जनकपुर-३ घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।

घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सन्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077