काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीलाई नेपाली नागरिकता दिनु देशघाती हुने बताएका छन् ।
प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिदै सांसद सुवालले कुनैपनि निहुँमा विदेशीलाई नेपाली नागरिकता दिनु देशघाती हुने बताएका हुन् ।
सुवालले भने, 'नागरिकता विधेयक पास भयो, फिर्ता भयो । फेरि हामीले पास गर्यौं भने एक दुईवटा निर्वाचनपछि सांसद र मन्त्रीसमेत नेपाली लेन्डुप दोर्जेहरु बन्नेछन् । अन्ततः नेपाल सिक्कीम र फिजी बन्ने खतरा छ । यो इतिहासले देखाएको कुरा हो ।’