Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसद भवनअघि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै बिरोध पदर्शनमा उत्रिएका हुन् ।

अहिले संसद बैठक चलिरहेको र बाहिर प्रदर्शन पनि भइरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बानेश्वरमा भएर आउने जाने सवारी साधनलाई पनि संसद भवन क्षेत्रबाट जान रोक लगाएर एक साइटतिरबाट मात्र आउन जान दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077