Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले भने - हामी हिजो जस्तो क्रान्तिकारी छैनौं, स्वार्थी भएका छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी अहिले आएर धेरै बिग्रेको स्वीकार गरेका छन् ।

बिहीबार रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको स्वीकार गरेका हुन् ।

रामवृक्षको समयमा जस्तो अहिले माओवादी पार्टी नरहेको उनले बताए । 'जतिबेला हामी कमरेड रामवृक्ष यादवलाई सम्झेर उहाँलाई श्रद्धा र सम्मान प्रकट गर्दैछौ। यतिबेला हामी हाम्रो पार्टी त्यस्तो छैन। त्यतिबेला पार्टी त सानो थियो। हामी त्याग र बलिदानबाट ओतप्रोत थियौ,' प्रचण्डले भने, 'देशमा धेरै परिवर्तन आयो। हाम्रो साथीहरुको त्याग सम्झँदा अहिले हाम्रो पार्टी त्यस्तो छैन। हामी धेरै नै बिग्रेको छ।

रामवृक्ष यादवको फोटो अगाडि उभिएर बोल्दा हामी अलि बिग्रेकै छौ भन्नेबाट नै शुरु गर्नुपर्छ। हामी हिजोजस्तो क्रान्तिकारी छैनौ। हामी व्यक्तिवादी भएका छौं। स्वार्थी भएका छौं। आज अलि व्यक्तिवादी हुन थालेका छौ। हामी सामूहिक भन्दा स्वार्थ समूह बनाउनतिर उद्धत हुन थालेका छौं।'

पछिल्लो महाधिवेशनले पार्टीको क्रान्तिकारी सिद्धान्तलाई समाउन खोजेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077