Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कलंकीबाट खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार १५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको हो ।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले जनाएको छ ।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ।

स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए। अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077