Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावी सुरक्षा योजना बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077