Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु,सिट बाँडफाँटको विषयमा छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

कार्यदलको बैठक बस्नुअघि पार्टीको केन्द्रीय कमिटी बैठक बसेको हो।

पार्टी कार्यालय शान्तिनगरमा जारी बैठकमा आगामी निर्वाचनको तयारी, सिट बाँडफाँटलगायत विषयमा छलफल हुने जनाइएको छ।

कार्यदल बैठक अपरान्ह ४ बजे डाकिएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलको सुझावअनुसार गठबन्धनमा आवद्ध दलहरुले सिट बाँडफाँटको टुंगो लगाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077