Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ ।

दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।

डिभिजन वन कार्यालय बैतडीका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् ।

चितुवाको ढाडमा पासो परेको र उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी जाने भएको छ । उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077