Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी र नेपाल समाजवादीसहित १२ दल एउटै चुनाव चिह्नमा लड्ने

काठमाडौं । संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लड्ने भएका छन्।

निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले मंसिर ४ गते हुने संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुनाव चिह्नमा निर्वाचन लड्ने भएका हुन्।

निर्वाचन आयोगका अनुसार एकल चुनाव चिन्हमा निर्वाचन लडनेमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दल रहेका छन्।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लड्ने भएका छन् ।

पुर्व प्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशाषन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिएका छन् ।

संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि निर्वाचन आयोगमा यसपालि ८४ दल दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077