Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे देउवाले लिए जानकारी, स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदिप गिरीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई भेटेर मंगलबार साँझ प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

मंगलबार साँझ ६ बजे अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गरेको बताइएको छ । नेता गिरीको सचिवालयका अनुसार गिरीको आईसीयूमा उपचार भइरहेको छ ।

लामो समय भारतमा उपचारपछि स्वदेश फर्किए लगत्तै उनलाई मेडिसिटी अस्पतालमा राखिएको थियो । प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरी लामो समय भारतको मुम्बईमा घाँटीको क्यान्सरको सफल उपचारपछि स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077