Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री शर्मा र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र धरानका मेयर हर्क साम्पाङबीच मंगलवार भेटवार्ता भएको छ । मन्त्री शर्मा र मेयर साम्पाङबीच मंगलवार अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने मन्त्री शर्माले आश्वासन दिएका थिए ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानी समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरेका थिए । भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077