Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शृंखलाबद्ध डकैतीमा संलग्न रहेका तीनजना पक्राउ

काठमाडौं । शृंखलाबद्ध डकैती गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

कहिले प्रहरी, कहिले शसस्त्र प्रहरीको भेषमा विभिन्न व्यक्तिको घरमा पसी धनमाल लुटेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ७ घर भई काठमाडौं नयाँवस्ती बस्ने ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुर फापरबारी ९ घर भई जोरपाटी बस्ने ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुर बकैया ५ घर भई जोरपाटी बस्ने ३५ वर्षीय शुशिल भन्ने बाबुलाल थिङ रहेका छन् ।

उनीहरूले उपत्यकाका विभिन्न ३ स्थानमा हात हतियार देखाई नगद, सुन तथा हिराका गरगहनासमेत लुटेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १ लाख ४२ हजार १०५ रुपैयाँ नगद, खुकुरी, फलामको रड र मोटरसाइकल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077