Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

काठमाडौं । काठमाडौं र चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय  निमा शेर्पाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभ¥याङबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा घर भएकी ५१ वर्षीया शुशिला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख १५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णु राज महतोको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ५ सय रुपैयाँ र १५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077