Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेदरल्यान्ड पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने प्रकाश राई पक्राउ

काठमाडौं । नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम ठगी गरेर फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ बाह्रपोखरी ५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीय प्रकाश राई रहेका छन् ।

पानीजहाजमा काम लगाई मासिक ७५ हजार तलब हुने प्रलोभन देखाई १६ जनाबाट १ करोड ३६ लाख रुपैयाँ लिएर वेपत्ता भएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

राईले रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ का २७ वषीएय निमा तामाङ लगायत १६ जनालाई नेदरल्यान्डको भिसा लगाइदिने भन्दै रकम ठगी गरेका थिए ।

राईले उनीहरुबाट प्रतिव्यक्ति १६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । पक्राउ गरेका राईमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077