Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागूऔषध ब्राउन सुगरसहित अटो चालक उमेश र प्रतीक्षा पक्राउ

झापा । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी घर भई हाल बिर्तामोड नगरपालिका-४ बस्ने ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा गाउँपालिका- ५ घर भई हाल बिर्तामोड-३ बस्ने २७ वर्षीया प्रतीक्षा चौधरी रहेका छन् ।

बिर्ता बजारबाट बुट्टाबारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा अटो चालक उमेशको साथबाट चार ग्राम दुई सय मिलिग्राम ब्राउन सुगर  फेला परेको थियो।

उमेशसँग थप सोधपुछ गर्दा घटनामा प्रतीक्षासमेत संलग्न रहेको बताएपछि प्रतीक्षाको कोठाबाट समेत पाँच ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077