Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साथीको हत्या गरेको दुई महिनापछि कार्की पक्राउ

काठमाडौं । साथीको हत्या गरेको आरोपमा प्रहरीले दुई महिनापछि एक जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले रामेछाप घर भई कोटेश्वर बस्दै आएका २० वर्षका सुरज कार्कीलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपलिका–३२ कोटेश्वरस्थित झोलुंगे पुलमुनी मोरङ घर भएका युवराज बराल ‘अनिश’को शव भेटिएको थियो ।

असार ५ मा मृत भेटिएका अनिशको हत्या भएको प्रहरीको जनाएको छ । अनिशले हेला गरेर ‘तिमी कार्की होइन् सार्की हौ’ भनेपछि विवाद हुँदा उनलाई कुटेर लडाएको सुरजले प्रहरीलाई बताएका छन् ।

साउन २६ मा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  २९ वर्षका अनिश र आरोपी अघिल्लो दिन चोरी आरोपमा सँगै प्रहरी प्रभाग कोटेश्वरको हिरासतमा थिए । घटनाबारे प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077