एजेन्सी । भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको आइतबार निधन भएको छ ।
६३ वर्षका झुनझुनवालाको मुम्बईको ब्रिच केन्डी अस्पतालमा मृत्यु भएको हो ।
भारतका वारेन बफेट भनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो ।
झुनझुनवालालाई त्यति नै बेला सार्वजनिक रुपमा देखिएको थियो । केही रिपोर्टमा उनी पछिल्लो लामो समयदेखि बिरामी भइरहेको भन्ने जानकारीसमेत दिइएको छ ।
राकेश झुनझुनवालाले ४०० कर्मचारीसँग यो कम्पनी सुरु गरेका थिए । आकासा एयरलाइन्सको लक्ष्य अर्को वर्ष मार्च महिनासम्म हरेक महिना पौने दुई सय भर्तीसँगै २ हजार कर्मचारी राख्नु थियो ।
अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राकेश झुनझुनवालाको भेटको तस्बिर पनि सोसल मिडियामा असाध्यै भाइरल भएको थियो ।