Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शीतल निवासमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको बताइएको छ ।

दुई साताअघि नै संसद्‌बाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहहरूले भने सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077