Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चिया पसल सञ्चालकलाई रड प्रहार गर्ने दुईजना पक्राउ

काठमाडौं । थानकोट स्थित चेकपोस्टमा चिया पसल सञ्चालकलाई रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ घर भएर रानिवारी बस्ने सागर श्रेष्ठ र नुवाकोटको दुप्चेश्वर–२ घर भएर बाफल बस्ने अशोक बोगटी छन् ।

साउन २४ मा दिउँसो १ बजे चिया पसल सञ्चालक २७ वर्षका राजु केसीलाई दुई जनाले रडले हानेर भागेका थिए ।

रड प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूलाई डल्लु र रानिबारीबाट पक्राउ गरेर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077