Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन बैठक : चुनावका लागि दल दर्ताको जिम्मेवारी कार्यालयका मुख्यसचिव पौडेललाई

काठमाडौं । नेपाली कांग्रेसले मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ।

आज बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।

बैठकले दल दर्ताको जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको छ ।

बैठकले आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077