Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खस्यो

काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ ।

इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।

अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ । ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077