Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यी हुन एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक विहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ। बस्न लागेको हो ।

बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभा प्रयोजनका लागि दल दर्तासम्बन्धी छलफल र निर्णय हुने बताइएको छ ।

यस्तै, चुनावमा गठबन्धन कायम राखेर सिटहरुको बाँडफाँटका विषयमा पनि बैठकमा कुराकानी हुने नेताहरुले जानकारी दिएका छन्।

सत्ता पक्षीय दलहरुबीच आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077