Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली काँग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । शनिबार बिहान ९ बजेका लागि बैठक तय भएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने उनको भनाइ छ ।

काँग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरुले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दैगर्दा काँग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उनको भनाइ छ ।

कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077