Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

किशोरीलाई बलात्कार गरेको आरोपमा प्रकाश पक्राउ

बाँके । किशोरीलाई बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ घर भएका २३ वर्षीय प्रकाश रोकाया छन् ।

बैजनाथ गाउँपालिका–१ गाभरमा कुखुरा फर्म सञ्चालन गरेर बस्ने रोकायालाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

। रोकायाले कोहलपुर नगरपालिका–११ दशविगाहास्थित इन्द्रेणी होटेल एण्ड लजमा लगेर १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077