Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसामा कुवेत जान लागेका ५ महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका पाँच महिलालाई अध्यागमन विभागले फर्काएको छ ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई अनुसन्धानका लागि विभागले प्रहरीको जिम्मा लगाएको हो ।

पक्राउ पर्नेहरूमा पर्वतकी अन्जु बोहोरा, धादिङकी माया तामाङ, झापाकी सोमी धिमाल, दाङकी पार्वती सार्की र बर्दियाकी करुवासिंह ठकुरीलाई अनुसन्धान गरिरहेको गौशाला वृत्तले जनाएको छ ।

उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र तथा नाता प्रमाणीकरणलगायतका कागजातहरू प्रारम्भिक छानबिनमा शंकास्पद देखिएपछि अध्यागमन कार्यालयले फिर्ता गरी प्रहरीको जिम्मा लगाएको स्रोतले बतायो ।

विमानस्थल प्रहरीले ती कागजपत्र छानबिन गर्न पाँचैजनालाई गौशाला वृत्तमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077