Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र पौडेल भन्छन् - देश बनाउन भावना, कल्पना र सपना चाहिन्छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका छन् ।

बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए ।

उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन् ।

कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077