Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीमती र सासुको शरीरमा आगो लगाउने शंकर सदा पक्राउ

महोत्तरी । श्रीमतीको परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

२१ साउनको राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई महोत्तरी प्रहरीले पक्राउ गरिएको हो ।

शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवास्थित नेपाल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफ्नो माइतीमा रहेको बेला राति पौने १२ शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए । श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए ।

२१ साउनको राति सोही बिषयमा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । पक्राउ परेका शंकरबिरुद्ध ज्यान मार्ने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077