Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ए डिभिजन लिग पुस दोस्रो साताबाट

    ए डिभिजन लिग पुस दोस्रो साताबाट

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो वैधानिक कार्यसमितिको बैठकले सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ ।

    सातदोबाटोस्थित एन्फा मुख्यालमा जारी कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो ।



    ६ असारसम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रुपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा सुरु गर्ने निर्णय गरेको हो ।



    यस्तै, नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु गर्ने निर्णय गरेको छ । यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि मंसिर २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

    गत वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

    १० टोली सहभागी हुने एनएसएलको खेलाडी अक्सन भए भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार