Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चलचित्र विकास बोर्डका अध्यक्ष केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

    चलचित्र विकास बोर्डका अध्यक्ष केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले १९ साउनको मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।



    गत श्रावण ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । बोर्ड अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्की सर्ट लिस्टमा परेका थिए ।



    उनीहरुमध्ये तीन जनाको नाम छनोट गरी सञ्चार मन्त्रालयले मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा रहेका केसीलाई मन्त्रीपरिषदले अध्यक्ष नियुक्त गरेको हो । केसीलाई नियुक्त गर्दा नाजायज तरिकाले मापदण्ड संसोधन गरिएको आरोप आज रिट दायरहरुले लगाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार