Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्की भन्छन् - क्राइमियाको स्वतन्त्रतासँगै युद्ध सकिन्छ

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्राइमियाबाट सुरु भएको र यसको स्वतन्त्रतासँगै अन्त्य हुनुपर्ने बताएका छन् ।

क्राइमियाको एउटा रुसी वायु सैनिक अखडामा भएका श्रंखलाबद्ध विस्फोटनसँगै उनको यस्तो भनाइ आएको हो । विस्फोटनमा एक जनाको ज्यान गएको थियो ।

मंगलबारको सो विस्फोटबारे केही उल्लेख नगरिकन जेलेन्स्कीले भने, 'क्राइमिया युक्रेनीहरूको हो, हामी यसलाई कहिल्यै त्याग्ने छैनौँ ।'

रुसको रक्षा मन्त्रालयले सो अखडामा बम विस्फोट भएको जनाएको छ । यसैगरी युक्रेनले ती विस्फोटमा आफ्नो कुनै हात नभएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077