Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव बस्नेत प्रक्राउ

    दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव बस्नेत प्रक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    रामेछाप । रामेछापमा दोहोरो नागरिकताको सिफारिस दिने एक वडा सचिव पक्राउ परेका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिका ४ प्रितीकी वडा सचिव पदमकुमारी बस्नेतलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

    वडा सचिवले बस्नेतले आफ्नै गाउँकी नाता पर्ने प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी फेरि दोस्रो पटक नागरिकता बनाउन वडाबाट सिफारिस दिएकी थिइन् ।



    निर्मलाले यसअघि नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता लगेकी थिइन् । बस्नेतले आफ्नै बहिनीको विद्यालयको प्रमाणपत्रको आधारमा वडाबाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा कागजात पेस गरेकी थिइन् ।



    बस्नेतले पेस गरेको कागजातको आधारमा कार्यालयमा भएको रेकर्ड भिडाउँदा यसअघि नै नागरिकता लिइसकेको देखेपछि शङ्का गरी सोधपुछ गर्दा दोहोरो नागरिकता लिन खोजेको देखिएपछि प्रशासनले कागजात नियन्त्रणमा लिएको थियो ।

    त्यसपछि प्रशासनले बस्नेतको नागरिकताका लागि सिफारिस गर्ने वडा सचिव पदमकुमारी बस्नेतलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार