Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठकअघि जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बसेको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित समितिका सदस्यहरुको बैठक बसेको हो ।

समिति कसरी अगाडि बढ्ने विषयमा छलफल भएको र आजको बैठकबाट समितिको सभापति तोक्ने एजेण्डा नरहेको सिफारिस समितिले जनाएको छ ।

गत साउन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले महाभियोग प्रस्ताव अनुमोदन गरेर छानविनका लागि सिफारिस समितिमा पठाएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर विरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077