Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक युवकको मृत्यु

धनगढी । मोटरसाइकल दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् ।

धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मडैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२ ८२ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077