Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन

काठमाडौं । छायाँकार विदुर पाण्डेको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।

उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए । उनले नेपालको पहिलो डिजिटल फिल्म 'कागबेनी'को छायांकन गरेका थिए ।

उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन् ।

स्वरु, भुइँमान्छेु, मेरो बेस्ट फ्रेन्डु, पण्डित बाजेको लौरी जंग बहादुरको कोट लगायत फिल्मका छायांकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077