Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिट बाँडफाँट र प्रशिक्षणबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा साउन ३० र ३१ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने विषयको बारेमा छलफल हुनेछ ।

कांग्रेसले पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको छ।

बैठकमा संघ तथा प्रदेशको सिट बाँडफाँटको विषयमा समेत छलफल हुनेछ । सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077