Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरूसँग जापानको टोकियोमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई धेरैपटक प्रधानमन्त्री बन्ने अफर आएको तर आफू त्यो दौडमा नरहेको बताए ।

'मलाई यो बिचमा पनि प्रधानमन्त्री बन्ने धेरैपटक अफर आयो । ०७४ सालको निर्वाचनको पछि पनि आयो । मैले म प्रधानमन्त्रीको रेसमा छैन भनेँ । देशमा राजनीतिक स्थायित्व र विकासको वातावरण बनाउने कुरामा मेरो भूमिका भयो भने मलाई पुग्छ भनेको हो । अहिले पनि छ । तर, म प्रधानमन्त्री बन्ने रेसमा छैन,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077