Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पञ्जावबाट सुन चोरेर नेपाल ल्याउने थप दुई जना पक्राउ

धनगढी ।भारतबाट सुन चोरी गरिएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा उनीहरलाई पक्राउ गरिएको हो।

सुन चोरीको घटनामा जोडिएको पाइएपछि थप दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भारतको पञ्जाबमा भएको सुन चोरीको घटनाको अनुसन्धानका लागि यसअघि कैलाली प्रहरीले धनगढीका सुन व्यवसायी सन्तोश लामिछानेसहितका चार जनालाई पक्राउ गरेको थियो ।

मुुम्बई उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका व्यवसायी लामिछाने बाहेकका अन्य व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । उनीहरु भारतको मुम्बइमा भएको एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन चोरीको घटनामा संलग्न रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077