Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिलाको घाँटीबाट सिक्री लुटेर भाग्दाभाग्दै सेन्चुरी पक्राउ

काठमाडौं । सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंको टोखा नगरपालिकाबाट एक युवकलाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-८ घर भई माछापोखरी बस्ने २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

गोंगबु प्रभागको टोलीले ज्ञानेन्द्रलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077